- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय चर्चाको शिखर बटुलिरहेका लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘तिमी सँग’ सार्वजनिक गरिएको छ ।
निर्देशक किरण दहालको निर्देशनमा गीतकार निशा नेम्बाङको शव्दमा सजिएको गायक जेपी नेम्बाङकै संगीत रहेको मनछुने गीत ‘तिमी सँग’ गायक जेपी नेम्बाङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
ललितपुरको लेलेमा छायाँकन गरिएको बिकेश मगरको छायाँकन तथा सम्पादनमा अस्मिता राईको मेकअप रहेको भिडियोमा जेपी नेम्बाङ र प्राप्ती आर.एल. सेनले अभिनय गरेका छन् ।
देबेश राईको संगीत संयोजन रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस…