नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन

विराटनगर । नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।

सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

एकीकृत समाजवादीलाई निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएसँगै प्रदेश १ सभाका १० जना सांसद्ले नेकपा (एमाले) छाडेका थिए ।

नेकपा (एमाले) छाड्नेहरुमा राजेन्द्र राईसहित राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

प्रदेश १ सभाका १० जना सांसद्ले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेपछि नेकपा एमालेले प्रदेशसभामा बहुमतसमेत गुमाएको छ ।

सम्बन्धित खवर