यादनको आवाजमा चापेतीको आमा अभिनित ‘नायासक’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादनको आवाजमा चापेतीको आमा अभिनित ‘नायासक’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लिम्बू तथा नेपाली गीत संगीतमा लामो समयदेखि छाईरहेका बहुप्रतिभाशाली मेलोडियस गायक, गीतकार तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को आवाजमा सजिएको लिम्बू भाषाको मर्मस्पर्शी ‘नायासक’ सार्वजनिक गरिएको छ ।

गीतकार शान्ति फुङसा पन्धाकको शव्दभावहरुमा संगीतकार तथा गायक राज शुक्र लिम्बूको संगीतमा सजिएको पुष्पान्जली तिलिङ मादेन ‘चपेतीको आमा’ र यादन सेर्माद्वारा अभिनित लिम्बू भाषाको मर्मस्पशी गीत ‘नायासक’ भिडियो गायक यादन सेर्मा लिम्बूकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्ण भक्त राईको संगीत संयोजन रहेको गीतको भिडियोलाई भने कृष्ण थलङ लिम्बूले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर