पालाम ‘फुङकुसिङ मिम्जिइन्’को छायाँकन सम्पन्न - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पालाम ‘फुङकुसिङ मिम्जिइन्’को छायाँकन सम्पन्न

काठमाडौ । लिम्बू भाषाको पालाम गीत ‘फुङकुसिङ मिम्जिइन्’ को छायाँकन सम्पन्न भएको छ ।

निर्देशक हाङ चेम्जोङको निर्देशनमा बुधबार सम्पन्न पालाम ‘फुङकुसिङ मिम्जिइन्’ भिडियोमा पुष्पाञ्जली तिलिङ मादेन, सीता फोम्बो, रेजिना थेगिम, तुलसा आङ्देम्बे, जानू फोम्बो, मनु थक्लुङ, निरन्ता नेम्बाङ, जेनि आङ्बुहाङ फोम्बो, आशिष निङ्लेकु, पुर्णबहादुर लिम्बू, शिवकुमार सम्बाहाम्फे, डिआर हाङ्सरुम्बा, राजेन्द्र लावती, सुमन लिम्बू, भिम सेनेहाङ र सागर केरुङ लगायतले अभिनय गरेका छन ।

गीतकार रिता फोम्बो ठुलीको शब्द तथा लय संकलन रहेको पालाममा गायीका निरन्ता नेम्बाङ र गायक सुमन लिम्बूले आवाज भरेका छन् ।

मनोज साङ्सोनको संगीत संयोजनमा इशक जगेगुको छायाँकन, सञ्जु थलङ लिम्बू÷अस्मिता राईको शृङ्गारमा काठमाडौको विभिन्न ठाउँमा छायाँकन गरिएको पालाम गीत भिडियो केही दिनभित्रै सम्पादन पश्चात रिता फोम्बो ठुली युटुब च्यानलमार्फत सार्वजनिक गरिने निर्माता रिता फोम्बोले बताइन् ।

सम्बन्धित खवर