बिहिबारदेखि लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा क्रियासिल फाराम भर्न शुरु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहिबारदेखि लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा क्रियासिल फाराम भर्न शुरु

मिक्लाजुङ् । बिहिबारदेखि संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ् गाउँपालिकाले क्रियासिल फाराम भर्न शुरु गरेको जनाएको छ ।

पूर्वको नौ वटामा ५० हजार क्रियासिल वितरण गर्ने अभियान अन्तर्गत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले मिक्लाजुङमा शुरु भएको हो ।
मञ्चका प्रान्तीय सचिवालय सदस्य रामचन्द्र थापा मगरले शुभारम्भ गर्दै मिक्लाजुङको सबै वडामा पुगेर फाराम भर्ने कार्यक्रम बिहिबार सार्वजनिक गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको जन्मभूमि मिक्लाजुङले अब मञ्चलाई एकनम्बर पार्टी बनाउन सबैखाले नीति अवलम्बन गर्दै मोरङ कै एक नम्बर पालिका बनाउन मञ्चका सबै नेताहरु एकजुट भएर अघि बढ्ने मञ्चका नेता मगरले बताए ।

मञ्चका जिल्ला सचिवालय सदस्य मिक्सन मिभकले लिम्बुवानको लाल किल्ला मिक्लाजुङले आगामी पहिचानको यात्रालाई शसक्त रुपमा स्थापित गर्दै स्थानीय सरकारमा लिम्बुवानलाई स्थापित गराउने एउटै मात्र विकल्प भनेकै पार्टीको क्रियासिल सदस्यता वितरण भएको हुँदा अब शसक्त रुपमा कार्यक्रम अघि बढाईएको बताएका छन् ।

कार्यक्रममा मञ्चका सचिवालय सदस्य हर्क लिङ्देन, प्रान्तीय सदस्य अर्जुन लिङ्देन त्यसैगरी लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर गणेश मिभक लगायत नेताहरुको उपस्थितिका क्रियासिल फाराम भर्न शुभारम्भ गरिएको मिक्लाजुङ् गाउँपालिका अध्यक्ष ओम चेम्जोङले बताए ।

सम्बन्धित खवर