नसानको शव्दमा थोकफेला र बिरुको ‘कोक्मा हिम’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नसानको शव्दमा थोकफेला र बिरुको ‘कोक्मा हिम’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । गीतकार तथा सञ्चारकर्मी आन्छुमे नसानको शव्दभाहरुमा लोकप्रिय गायीका थोकफेला लिङदेन र उम्दा गायक बिरु थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘कोक्मा हिम’ सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको ‘किरात स्पन्दन भाग–७’ मा संग्रहित लिम्बू भाषाको प्रेमिल गीत ‘कोक्मा हिम’ भिडियो गायीका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

डाँडा घरमा बस्ने मनले खाको घरबार थाम्ने मायालु संगको प्रेमिल उत्ताढचडापहरुलाई खास गरि लिम्बू समदायमा प्रचलित माया प्रेम र विवाह गर्नु पुर्वको संस्कार सस्कृतिलाई प्रस्तुत गर्न खोजिएको भिडियोमा थोकफेला लिङदेन र बिरु थेगिमले अभिनय गरेका छन् ।

किशोर पतंवाको परिकल्पनामा मिलन ताप्मादेनको निर्देशन रहेको भिडियोमा लक्षमण कुरुम्बाङ, मनिसा योङहाङ, पुर्णिमा मावोहाङ, राजु लावती, एनएस फागो, डिल्ली राम चाम्लीङ, स्वः टेकबहादुर लावती र स्वः लक्षीहाङमा थेगिम लावतीको समेत अभिनय रहेको छ ।

थोकफेला गार्मेन्टको प्रस्तुति तथा पहिरनमा निर्माण भएको भिडियोलाई इशाक जबेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।

अशोक लोहोरुङ राईको संगीत संयोजनमा किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोको अडियो निर्माण रहेको गीतमा लोकप्रिय गायीका गंगा फियाक र रोजिना थेगिमले समेत आवाज भरेका छन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर