इशाक जबेगुको निर्देशनमा ‘सँग सँगै’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इशाक जबेगुको निर्देशनमा ‘सँग सँगै’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । छायाँकार तथा निर्देशक इशाक जबेगुको निर्देशनमा लोकप्रिय गायीका प्रविसा अधिकारी र लोकप्रिय गायक निनामहाङ राईको सुमधुर आवाजमा सजिएको गीत ‘सँग सँगै’ सार्वजनिक गरिएको छ ।

गीतकार प्रदिप कुमार चौधरीको शव्दभावहरुमा संगीतकार अशोक शिवाको संगीतमा सजिएको गीत ‘सँग सँगै’ फुलेन्देको आमा अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रेम रोमान्सलाई प्रस्तुत गरिएको भिडियोमा उमेश राई ‘फुलेन्देको आमा’, रजनी गुरुङ, नग्मा श्रेष्ठ र दीप घिसिङको दमदार अभिनय रहेको छ ।

इशाक जबेगुकै छायाँकन तथा सम्पादन रहेको भिडियोमा देबेस राईको संगीत संयोजन तथा सीमा सेर्माको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर