हाङ चेम्जोङको निर्देशनमा ‘दूई दिनको जीन्दागानी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘दूई दिनको जीन्दागानी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा चर्चित गायक राजेश पायल राई र गायीका सम्पदा राईको आवाजमा सजिएको प्रेमिल गीत ‘दूई दिनको जीन्दागानी’ सार्वजनिक गरिएको छ ।

गीतकार बिरेन लिम्बूको शव्दभावहरुमा संगीतकार निश्चल प्रेम राईको संगीतमा सजिएको गीत ‘दूई दिनको जीन्दागानी’ इसाक जवेगु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

इसाक जवेगुको छायाँकन तथा सम्पादन र धिरेन तुम्बापोको सहायक छायाँकन रहेको भिडियोमा अनिश मगर र नितु मादेन लिम्बूले अभिनय गरेका छन् ।

देबेश राईको संगीत संयोजनमा कुशल थापाको रेकर्डिङ तथा साजन साहको मिक्सिङ मास्टरिङ रहेको भिडियोमा भेल्भेट र फामाहिम बुटिकको पहिरन तथा सन्जु थलङ र कुसाङ राईको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर