आशा लिम्बूको ‘उन्छोन्बा याङघेक्हा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आशा लिम्बूको ‘उन्छोन्बा याङघेक्हा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका आशा लिम्बूको आवाजमा सजिएको मर्मस्पर्शी लिम्बू भाषाको पहिलो गीत ‘उन्छोन्बा याङघेक्हा’ सार्वजनिक गरिएको छ ।

निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिलिङ ‘चापेती कुम्मा’, पुर्ण बहादुर लिम्बू, युन्छोना सावादेन र धिरेन तुम्बापोको अभिनय रहेको गीत ‘उन्छोन्बा याङघेक्हा’ गायीका आशा लिम्बूकै अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार डाडाँ ठुलेको नातीको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सोले गरेका हुन् ।

त्रिकोनात्मक प्रेम कथालाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सञ्जु थलङको मेकअप रहेको छ भने, छायँकन तथा सम्पादन इसाक जवेगुले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर