भुपेन्द्रको निर्देशनमा दिपकको ‘सिमसिम झरीमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा दिपकको ‘सिमसिम झरीमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय छायाँकन सँगै निर्देशनमा समेत चम्किरहेका छायाँकर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायाँकनमा चर्चित गायक दिपक लिम्बूको रोमान्टिक आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘सिमसिम झरीमा’ सार्वजनिक गरिएको छ ।

गीतकार कुमार पौड्याल शव्द तथा गायक तथा संगीतकार डम्बर नेपालीको संगीतमा सजिएको गीत ‘सिमसिम झरीमा’ गायक दिपक लिम्बूको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक दिपक लिम्बू र बिमला खजुम लिम्बूको साथमा विवस राई र योभाहाङ राइृको दमदार अभिनय रहेको प्रेम र रोमान्सले भरिएको भिडियोमा कल्पना सुव्वाको मेकअप तथा अनिल रानाको सम्पादन रहेको छ ।

महाराज थापाको संगीत संयोजनमा स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्ड गरेको गीतलई साजन साहले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर