देशभर थप १ हजार २ सय ८२ जनमा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार २ सय ८२ जनमा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट १ हजार २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ६२ हजार ४ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर १२ हजार ८१ आरटी पिसिआर र ३ हजार ४ सय ७ एन्टिजेन गरी कुल १५ हजार ४ सय ८८ जनामा परीक्षण गरिएकोमा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै हाल देशभर १८ हजार ८ सय ४८ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १७ हजार ५ सय ३५ जना होम आइसोलेसनमा, १ हजार ३ सय १३ संस्थागत आइसोलेसनमा र २ सय ५६ जना क्वारेन्टिनमा रहेका छन् ।

मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ८५ जना र भेन्टिलेटरमा १ सय २५ जना उपचाररत छन् ।

 

सम्बन्धित खवर