- आन्छुमे नसान
माङसेबुङ । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बूको कर्णप्रिय आवाजमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘निङवा पङ्सिङ्लो’ सार्वजनिक गरिएको छ ।
बिहिबार ललितपुर नखिपोटमा अवस्थित युङचाहिम होटलमा पुर्व भौतिक पुर्वधभर तथा यतायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा एक कार्यक्रमविच विमोचन गरि सार्वजनिक गरिएको थियो ।
सञ्चरकर्मी टिआर सेनेहाङ लिम्बूको शव्दभावहरुमा गायीका सुनिता थेगिमको संगीतमा मेलिना राईको आवाजमा भने पहिलो लिम्बू गीत रहेको गीत ‘निङवा पङसिङलो’ भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
इसाक जबेगुको छायाँकन तथा सम्पादन रहेको लिप्सिङ भिडियोमा अस्मिता राई र रेखा फागोको मेकअप, लिब्जु कलेक्सनको पहिरन र फामाहिम बुटिक एण्ड गार्मेन्टको गरगहना रहेको छ ।
देबेश राईको संगीत संयोजनमा मुस्कान मुकारुङ राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ भने सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
भिडियो हेर्नुहोस…