‘बरको हाँगा’बाट इक्साहाङ र निरन्तालाई ‘जुरी अवार्ड’ - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘बरको हाँगा’बाट इक्साहाङ र निरन्तालाई ‘जुरी अवार्ड’

काठमाडौ । कवि तथा गीतकार इक्साहाङ चेम्जोङलाई ‘बरको हाँगा’ गीतबाट ‘जुरी अवार्ड’ प्रदान गरिएको छ ।

बुधबार सम्पन्न राष्ट्रिय नाचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा ‘बरको हाँगा’ आधुनिक गीतको शब्दबाट इन्करेजमेन्ट ‘जुरी अवार्ड’ गीतकार चेम्जोङलाई प्रदान गरिएको हो ।

यसैगरि राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतबाट आधुनिक गीत पब्लिक च्वाइस बेस्ट भोकल ‘जुरी अवार्ड’ गायीका निरन्ता नेम्बाङलाई प्रदान गरिएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार समाजका अध्यक्ष रबिन्द्र खड्का, नायक धिरेन साक्य, गजित विष्ट, अभिनेत्री लक्ष्मी गिरि लगायत कलाकारहरुद्वारा वितरण गरिएको थियो ।

सम्बन्धित खवर