गायक सुजन तिगेला लिम्बूलाई दूई ‘जुरी अवार्ड’ - Mangsebung News
  • शुक्रबार, असार २७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक सुजन तिगेला लिम्बूलाई दूई ‘जुरी अवार्ड’

काठमाडौ । लोकप्रिय गायक तथा संगीतकार सुजन तिगेला लिम्बूलाई दूई ‘जुरी अवार्ड’ प्रदान गरिएको छ ।

बुधबार सम्पन्न राष्ट्रिय नाचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ अन्तरगत ‘गरिब हुन’(आमा)बाट आधुनिक गीतको उत्कृष्ट संगीतकार तथा ‘नौ महिना कोखमा’(आमा २)बाट आधुनिक गीतको उत्कृष्ट गायक ‘जुरी अवार्ड’ गायक तथा संगीतकार तिगेलालाई प्रदान गरिएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार समाजका अध्यक्ष रबिन्द्र खड्का, नायक धिरेन साक्य, गजित विष्ट, अभिनेत्री लक्ष्मी गिरि लगायत कलाकारहरुद्वारा वितरण गरिएको थियो ।

सम्बन्धित खवर