- आन्छुमे नसान
माङसेबुङ । मोडल तथा नायीका बिमला खजुम लिम्बू र सुरज तामाङ अभिनित चर्चित गायीका मेलिना राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘छुटिएर टाढा हुन’ सार्वजनिक गरिएको छ ।
गीतकार सुजन आङदेम्बेको शव्खभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको मनछुने गीत ‘छुटिएर टाढा हुन’ गायक तथा संगीतकार एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुरज तामाङको निर्देशनमा बिशाल थापाको छायाँकन तथा सनम मगरको सम्पादन रहेको भिडियोमा कविता थामी र अभि श्रेष्ठको समेत अभिनय रहेको छ भने, दिया रिजालको मेकअप तथा बि.एस. क्रिएशनको पोष्ट प्रडक्सन रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस…