साफ च्याम्पियनसिप : श्रीलंकामाथि जित निकाल्दै नेपाल शिर्ष स्थानमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : श्रीलंकामाथि जित निकाल्दै नेपाल शिर्ष स्थानमा

काठमाडौं । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका लागि भने मार्भिन ह्यामिल्टन र डी सिल्भाले एक एक गोल फर्काए ।

नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

यस्तै भारत र बंगलादेशबिचको खेल भने बराबरीमा सकिएको थियो ।

सम्बन्धित खवर