विक्रम फागोद्वारा निर्देशित ‘मायालु गाँउको देशैमा’ भिडियो सार्वजनिक हुदैं - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विक्रम फागोद्वारा निर्देशित ‘मायालु गाँउको देशैमा’ भिडियो सार्वजनिक हुदैं

  • न्छुमे नसान

दमक । रंगकर्मी तथा निर्देशक विक्रम फागो वनेमद्वारा निर्देशित पुर्वेली लोक भाकाको गीत ‘मायालु गाँउको देशैमा’ भिडियो सार्वजनिक हुने भएको छ ।

आगमी असोज २२ गते शुक्रबार गोर्खा डिपार्टमेन्टको हलमा बिशेष कार्यक्रमको आयोजना गरि पुर्वेली गीत ‘मायालु गाँउको देशैमा’ भिडियो गायक यादन सेर्माको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिने निर्देशक विक्रम फागो वनेमले बताए ।

कला क्षेत्रमा आवद्ध शुभेच्छुक कलाकारहरु, सञ्चारकर्मी व्यावसायी, उद्यमी, समाजसेवी सामाजिक व्यक्तित्व लागायत सम्पूर्ण गीत संगीत प्रेमी मनहरुमा उपस्थितिको लागि समेत निम्तो आह्वान गरिएको छ ।

लोकप्रिय गीतकार सुवर्ण नेम्बाङ ‘याम्बे’को शव्द भावहरुमा लोकप्रिय गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को संगीतमा सजिएको उक्त पुर्बेली लोक गीतमा यादन सेर्मा ‘नुनाम’ तथा उम्दा गायीका स्मृति पयाङगु लिम्बूले गाएका हुन् ।

नेपाली कला क्षेत्रका चर्चित नाम बुद्धी तामाङ ‘हैट’ सन्ध्या बुढा ‘काउली बुढी’को अभिनय रहेको भिडियोमा राम केसीको छायाँकन, लोकेश थापाको श्रृङ्गार, पुजा कार्कीको सहायक श्रृङगार तथा दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी/कार्याकारी निर्देशन रहेको छ ।

भिडियोमा पोष्ट प्रोडक्सन अनिल थोप्रा, कोरस समूह रंगभुमी कलालय धरान, केःलाङ÷ढोल समुह लिम्बू विद्यार्थी मञ्च युनिट माङसेबुङ ईलाम तथा केराबारी मोरङ र यातायात सेवा मनकुमार मगरको रहेको छ ।

सम्बन्धित खवर