![]()
- आन्छुमे नसान
माङसेबुङ । एकपछि अर्को साँस्कृतिक भिडियो निर्देशन गर्दै पछिल्लो समय निर्देशनमा छाईरहेका निर्देशक तथा कोरियोग्राफर दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा पालाम ‘आनी याक्थुङबा ४’ सार्वजनिक गरिएको छ ।
गीतकार नेम खापुङको शव्द संकलनमा गायक तथा संगीतकार यादन सेर्माको लय संकलन रहेको पालाम ‘आनी याक्थुङबा ४’ चापेतीको आमा अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक सुमन लिम्बू, गायीका निरन्ता नेम्बाङ, गायीका गंगा फियाक र गायक भिम सेने लिम्बूको आवाजमा सजिएको पालाममा भिडियोमा रुद्र पाहिम लिम्बू, पुष्पाञ्जली तिलिङ ‘चपेतीको आमा’, राज साँबा, जानु लिम्बू, हेमु स्मृति चोङबाङ, शिव कुमार सङबाङफे, रुपाञ्जली तिलिङ, पेज राज मावोहाङ, सुमन लिम्बू र पुष्पा दिवानी तिगेला लगायतले अभिनिय गरेका छन् ।
लिम्बू जातिहरुको संस्कृतिलाई झल्काईएको पालाम भिडियोमा यमुना पाण्डेको मेकअप रहेको छ भने बिबी लिम्बूको छायाँकन तथा सम्पादन रहेको छ ।
पदम राजन मगरको संगीत संयोजन रहेको पालाम साम्लोलाई किङ्ग स्टुडियोमा सुरेस राई र मनोज राईले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
पालाम हेर्नुहोस








