- आन्छुमे नसान
माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा लिम्बु भाषाको रोमान्टिक गीत ‘आनी याक्थुङबा ३’ सार्वजनिक गरिएको छ ।
मोडल तथा गीतकार रुद्र पाहिम लिम्बूको शव्दभावहरुमा लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको रोमान्टिक गीत ‘आनी याक्थुङबा ३’ तमोर फिल्मसको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
रुद्र पाहिम लिम्बू र पुष्पाञ्जली तिलिङ मादेन लिम्बू ‘चापेतीको आमा’को अभिनयमा कविता तोलिङको मेकअप रहेको भिडियोमा मुकेश हुमागाइको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।
अशोक लोहोरुङ राईको संगीत तथा संगीत संयोजन रहेको गीतमा सृजना जबेगु र सुनिता संयक लिम्बूको समेत आवाज रहेको छ भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस