लक्ष्मी र धनु अभिनित पुर्वेली गीत ‘फिदिम बजार’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लक्ष्मी र धनु अभिनित पुर्वेली गीत ‘फिदिम बजार’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक कमल श्रेष्ठ र गायीका रोजि थाम्सुहाङ सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘फिदिम बजार’ आज सार्वजनिक गरिएको छ ।

मोडल तथा नायीका लक्ष्मी योङहाङ लिम्बू, धनु ग्याङमी, अभिषेक केरुङ र शुभम् राई, अप्सरा, दिवस पयाङगु, विश्व कुरुम्बाङ, उदय कुरुम्बाङ, मिना तामाङ श्रेष्ठ र निर्मला श्रेष्ठको अभिनय रहेको पुर्वेली गीत ‘फिदिम बजार’ आज डसम्यूजिक नेपाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

देव जंग थापाको निर्देशन, छायाँकन तथा सम्पादन रहेको भिडियोमा अस्मिता राई र झरना लिम्बूको मेकअप र सन्तोष राजवाहकको कोरियोग्रफी रहेको छ ।

गीतकार डिपी खनालको शव्द, संगीतकार कमल श्रेष्ठको संगीतमा सजिएको गीतको संगीत संयोजन भने धनु ग्याङमीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर