हाङ चेम्जोङको निर्देशनमा पालाम ‘तिनधुरे घरको’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा पालाम ‘तिनधुरे घरको’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीकाद्वय थोकफेला लिङदेन र गंगा फियाक तथा लोकप्रिय गायकद्वय इन्द्रशुसिल चोङबाङ लिम्बू र सुमन लिम्बूको आवाजमा सजिएको नेपाली भाषाको पालाम ‘तिनधुरे घरको’ सार्वजनिक गरिएको छ ।

निर्देशक हाङ चेम्जोङको निर्देशनमा इसाक जबेगुको छायाँकन तथा सम्पादन रहेको पालाम ‘तिनधुरे घरको’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार एसपी निङलेकुको शव्द संकल तथा गायीका तिर्सना नेम्बाङको लय संकलन रहेको पालाम भिडियोमा थोकफेला लिङदेन, गंगा फियाक, इन्द्रशुसिल चोङबाङ लिम्बू, सुमन लिम्बू, मनमाया थोप्रा, चन्द्रमाया हुक्पाचोङबाङ, बालकुमारी पन्धाक, नुमाफुङ हुक्पाचोङबाङ, नरकुमारी आङदेम्बे, सरिता लावती, बिना पालुङवा, लोकमाया पालुङवा, डिगेन्द्र सेर्मा, एबी आङदेम्बे, बिक्रम नुगो, तानाम तान्छो लावती, जेपी नेम्बाङ, विवस नेम्बाङ, सृजना जबेगु र भिम थेबेको अभिनय रहेको छ ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको प्रडक्सन तथा वाड्रोव थोकफेला गार्मेन्टको रहेको छ ।

पालाम हेर्नुहोस

https://www.youtube.com/watch?v=SZQLodE172s

सम्बन्धित खवर