केन्जल, सुरेन र राजु अभिनित कभर भिडियो ‘तिम्रो मुटुमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केन्जल, सुरेन र राजु अभिनित कभर भिडियो ‘तिम्रो मुटुमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय युवा पुस्तामाझ चर्चाको शिखर बटुलिरहेका लोकप्रिय गायक एकदेव लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘तिम्रो मुटुमा’को कभर भिडियो केन्जल योङहाङ, सुरेन श्रेष्ठ र राजु तामाङको अभिनयमा सार्वजनिक गरिएको छ ।

ओरिजिनलमा यस कुमारको शव्द तथा संगीतमा रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको कभर भिडियोको परिकल्पना रोहित लम्गादेको रहेको छ भने निर्देशन राजु तामाङले गरेका हुन् ।

युनिक नेपालको प्रस्तुतिमा त्रिकोणात्मक प्रेम कथामा प्रस्तुत गरिएको कभर भिडियोमा शुसिल राज धामीको छायाँकन तथा सुवास लिम्बू मेन्याङबोको सम्पादन रहेको छ भने भिडियो युनिक नेपाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर