ब्रबिम र गंगाको आवाजमा ‘चल्लक चल्लक’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रबिम र गंगाको आवाजमा ‘चल्लक चल्लक’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार ब्रबिम सेर्मा लिम्बू र लोकप्रिय गायिका गंगा फियाक लिम्बूको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ प्रेमिल लिम्बू भाषिक गित ‘चल्लक चल्लक’ सार्वजनिक गरिएको छ ।

निर्देशक हाङ चेम्जोङको निर्देशनमा मौशम इम्बुङ (फुलेन्देको बाउ) र पुष्पान्जली तिलिङ (चाप्पेतीको आमा)को अभिनय रहेको रोमान्सले भरिएको लिम्बू भाषिक गित ‘चल्लक चल्लक’ भिडियो रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार नेम खापुङ को शब्द तथा संगीतमा सजिएको भिडियोमा सागर केरुङ, जेपि नेम्बाङ, पुर्ण लिम्बू, डिआर हाङ्सरुम्बा लगायतको पनि अभिनय रहेको छ ।

रिता फोम्बो ठुली निर्माणमा तयार पारिएको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी रहेको छ भने छायाँकन तथा सम्पादन इशाक जबेगु गरेका हुन् ।

टेकेन्द्र याक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा मुस्कान मुकारुङ को मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर