केन्जल र वादलद्वारा अभिनित ‘खै हिजो आज’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

केन्जल र वादलद्वारा अभिनित ‘खै हिजो आज’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । कुल तथा दुव्र्यशनीमा परेका युवाको कथा प्रस्तुत गरिएको मोडल केन्जल योङहाङ लिम्बू र वादल श्रेष्ठको दमदार अभिनय रहेको नेपाली पप गीत ‘खै हिजो आज’ सार्वजनिक गरिएको छ ।

गायक, गीतकार तथा संगीतकार नविन वजगाईको शव्द, संगीत तथा आवाजमा सजिएको गीत ‘खै हिजो आज’ गायक नविन वजगाईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेमन तामाङको निर्देशन, सम्पादन तथा कलरमा भरत लिम्बूको पटकथा रहेको भिडियोमा देवराज सिग्देलको छायाँकन तथा सुमन तामाङको डिओपी रहेको छ ।

कोशी भिजन फिल्म्स इटहरीको पोष्ट प्रडक्सन रहेको भिडियोमा महेश सिग्देलको मेकअप रहेको छ भने गीतको संगीत संयोजन ओवेड सुनारले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर