लक्ष्मी, तान्छोहाङ र नीतु अभिनित ‘हङकङ सिटी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लक्ष्मी, तान्छोहाङ र नीतु अभिनित ‘हङकङ सिटी’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । नायीका लक्ष्मी योङहाङ लिम्बू, मोडल तान्छोहाङ इङनाम लिम्बू र मोडल नीतु मादेन लिम्बूद्वारा अभिनित गीत ‘हङकङ सिटी’ भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशनमा छाईरहेका निर्देशक रणवीर शेर्मा (रवि शेर्मा)को निर्देशनमा गीतकार विष्णु इङ्नाम लिम्बूको शव्द, साक्थिम योङ्याको संगीत तथा आवाजमा सजिएको गीत ‘हङकङ सिटी’ भिडियो गीतकार विष्णु इङनामको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सामुइलले लामाको कोरियोग्राफीमा इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोमा सन्जु थलङ र झरना नेम्बाङको मेकअप रहेको छ ।

हङकङमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहने बिष्णुको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन तथा आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर