हाङ चेम्जोङको निर्देशनमा पालाम ‘मिम्जिफुङ फुङे’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा पालाम ‘मिम्जिफुङ फुङे’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘मिम्जिफुङ फुङे’ सार्वजनिक गरिएको छ ।

इन्द्रमाया निङलेकुको शव्द संकलन र गायीका तिर्सना नेम्बाङको लय संकलनमा लोकप्रिय गायीकाद्वय थोकफेला लिङदेन, सिर्जना चबेगु र लोकप्रिय गायकद्वय सुमन लिम्बू र तानाम तान्छो लावतीको सुमधुर आवाजमा सजिएको पालाम ‘मिम्जिफुङ फुङे’ गायीका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको पालाम भिडियोमा थोकफेला लिङदेन, सुमन लिम्बू, सृजना जवेगु, तानाम तान्छो लावती, मनमाया थोप्रा, गंगा फियाक, इन्द्रशुसिल लिम्बू, चन्द्रमाया हुक्पाचोङवाङ, वालकुमारी पन्धाक, नुमाफुङ हुक्पाचोङबाङ, नरकुमारी आङदेम्बे, सरिता लावती, विना पालुङवा, लोकमाया पालुङवा, डिगेन्द्र सेर्मा, एवी आङदेम्बे, बिक्रम नुगो, जेपी नेम्बाङ, विवस नेम्बाङ र भिम थेबे लगायतको अभिनय रहेको छ ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालाम गीतको भिडियोमा थोकफेला गार्मेन्टको प्रडक्सन तथा पहिरनमा निर्माण भएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर