दिनेशको निर्देशनमा सेमिहाङको ‘पारेना पारेना’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा सेमिहाङको ‘पारेना पारेना’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमुको निर्देशनमा लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंघकको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको गीत ‘पारेना पारेना’ सार्वजनिक गरिएको छ ।

प्रवासमा रहेर पनि लिम्बू गीत संगीतलाई मनैदेखि माया गर्ने गायक तथा संगीतकार सेमिहाङ सिंघकको शव्द तथा संगीतमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘पारेना पारेना’ गायक सिघंककै अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशन मार्फत सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायक तथा मोडल बिकास लिम्बू र सवनम लिम्बूको अभिनिय रहेको भिडियोलाई मुकेश हुमागाईले छायाँकन गरेका छन् भने सम्पादन तथा कलरिङ अनिल कुमार महर्जनले गरेका हुन् ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा ए वान म्यूजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

भिडियोमा कबिता तोलिङको मेकअप, थेह्रथुमे ढाका बुटिकको पहिरन तथा सीता सिंघक र सुजा सिंघकको गरगहना रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर