एकान्त र सीताको ‘हिल्लिक हिल्लिक केलमा’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त र सीताको ‘हिल्लिक हिल्लिक केलमा’ को छायाँकन सम्पन्न

पान्थर । निर्देशक सागर केरुङ लिम्बूको निर्देशनमा लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बू र गायीका सीता तुम्रोक लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हिल्लिक हिल्लिक केलमा’ को भिडियो छायाँकन सम्पन्न गरिएको छ ।

गीतकार आन्छुमे नसानको शव्दभावहरुमा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको ‘हिल्लिक हिल्लिक केलमा’ को भिडियो छायाँकन पान्थरको रमणिय तथा पर्यटकिय स्थल साधुटार र लब्रेकुटीमा शुक्रबार सम्पन्न गरिएको हो ।

निङवा नेम्बाङको कोरियोग्रफी सागर केरुङ, जेपी नेम्बाङ, निसाम तुम्बापो र सीता तुम्रोकको अभिनय रहेको भिडियोमा सञ्जय आचार्यले छायाँकन गरेका छन् ।

बुद्ध खाम्बेक्सा लिम्बूको सहयोगी निर्देशन रहेको भिडियोमा निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङ्ले अभिनय गरेका छन ।

देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

सम्बन्धित खवर