सागर केरुङको निर्देशनमा ‘बसन्तमा’ भिडियो छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको निर्देशनमा ‘बसन्तमा’ भिडियो छायाँकन सम्पन्न

फेदेन । गायिका नुमा नेम्बाङको आवाजमा सजिएको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायाँकन सकिएको छ ।

एसपी निङ्लेकुको शब्द, बिक्रम राइको संगीत र नुमा नेम्बाङको स्वर रहेको गीतलाई सागर केरुङले निर्देशन गरेका छन ।

प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम नेम्बाङ को संयुक्त लगानीमा निर्माण भएको गीतमा निङ्वा नेम्बाङ, सोफिया लिम्बू, सङ्क्रोजा तावा, अञ्जना मुखिया, निशा तामाङ, सिजर तावा, जोस्ना राई, अरुणा मुखिया राइको अभिनय रहेको छ भने इशाक जबेगुको छायांकन÷सम्पादन र निङ्वा नेम्बाङको कोरियोग्राफी रहेकोछ ।

 

सम्बन्धित खवर