गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ को भिडियो छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ को भिडियो छायाँकन सम्पन्न

पान्थर । गायक नोगेन हाङ्सरुम्बाको ’छोड्दिन विचैमा’ बोलको गीतको म्युजिक भिडियोको सोमबार छायाँकन सम्पन्न गरिएको छ ।

बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले नै निर्देशन गरेका हुन ।

पान्थरको साधुटार, तमोर, लब्रेकुटी र सिलाउटी लगायत विभिन्न ठाउमा छायाँकन गरिएको गीतलाई नोगेन हाङ्सरुम्बाले स्वर दिएका छन ।

बरदान संगीतालयले निर्माण गरेको भिडियोमा नोगेन हाङ्सरुम्बा, निशाम तुम्बापो, सागर केरुङ, उदय नेम्बाङ, बरदान इङ्वा, ज्योती सुहाङ, अनिता थाम्सुहाङ र पुरन राइले अभिनय गरेका छन ।

इशाक जबेगुको छायांकन तथा सम्पादन, अरुणा नेल एन्ड आर्ट मेकप स्टुडियो, दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतलाई बरदान युटुब च्यानलबाट सार्वजनिक हुने निर्देशक लिम्बुले बताए ।

सम्बन्धित खवर