- आन्छुमे नसान
माङसेबुङ । सुमधुर कोकिल आवाजकी धनी लोकप्रिय गायीका सीता सिंगक लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘केभेक्ते फुङ ए’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार इजम पि.एस.सुव्वाको शव्दभावहरुमा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको लिम्बू भाषाको मनछुने गीत ‘केभेक्ते फुङ ए’ भिडियो गायीका सीताको अफिसियल युट्यूव च्यानल फेदापहाङमाबाट सार्वजनिक गरिएको हो ।
निर्देशक रनवीर सेर्मा(रवि)को निर्देशनमा दुर्गा वान्तावा राई र मनोज राईको छायाँकन तथा मनोज राईको सम्पादन रहेको भिडियोमा सीता सिंगक, यासेली योङहाङ र बिनोद पोमुको अभिनय रहेको छ ।
निशा टासिदिङको निर्माणमा एकशन प्रेम र बिछोडको कथामा तयार पारिएको भिडियोमा सुमिना राना मगरको मेकअप तथा बिनोद पोमुको फाईट कम्पोज रहेको छ ।
देबेश राईको संगीत संयोजनमा स्टुडियो एकस्टिक नेपालमा रेकर्ड गरिएको गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…