दिनेश माङमुको निर्देशनमा ‘ए सुन न’ भिडियो छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘ए सुन न’ भिडियो छायाँकन सम्पन्न

  • आन्छुमे नसान

पान्थर । पछिल्लो समय व्यस्त रहेका निर्देशक दिनेश माङमुको निर्देशनमा लोकप्रिय गायीका अस्मिता अधिकारी र लोकप्रिय गायक नन्दु गुरुङको सुमधुर आवाजमा सजिएको प्रेमिल गीत ‘ए सुन न’ भिडियो छायाँकन सम्पन्न गरिएको छ ।

पान्थरको साधुटार गुम्बा डाँडा इलामको पुवा खोला र कन्याममा छायाँकन गरिएको भिडियोमा रेखा फागो र रुद्राक्षय लिम्बू (सुबास)को अभिनय रहेको छ भने हेमन योञ्जन र टीमको छायाँकन तथा सोम मगरातीको मेकअपक रहेको छ ।

गायक नन्दु गुरुङको शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन अशोक थापाले गरेका हुन् ।

किंग्स स्टुडियो काठमाडौं र काव्य रेकर्ड्स झापामा रेकर्ड गरिएको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् भने व्यस्थापन सुबाश अधिकारी र सन्तोष हेमरनले गरेका छन् ।

 

सम्बन्धित खवर