लोकेन साँबाको निर्देशनमा ‘पुजाको’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेन साँबाको निर्देशनमा ‘पुजाको’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक लोकेन साँबा लिम्बूको छायाँकन तथा निर्देशनमा पुर्वेली लोकभाकामा सजिएको गीत ‘पुजाको’ भिडियो सार्वजनिक गरिएको छ ।

उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुव्वा(आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको गीत ‘पुजाको’ भिडियो युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

खगेन्द्र कुमार लिम्बूको शव्द तथा संगीतमा सजिएको गीतमा खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको सुमधुर स्वर रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा घटिका पयाङगु र लक्षमण चोङबाङको पालाम साम्लो समेत रहेको गीतको भिडियोमा समर लामाको मेकअप तथा सिक्वेन्स फेसन हाउस, माङगेन्ना ढाका पसलको पहिरन रहेको छ ।

एल्वम ‘मेरो रहर’ मा समावेश गरिएको भिडियोलाई ओम कुरुम्बाङले निर्माण गरेका हुन् भने सम्पादन बिकास दहालले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर