प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् ।

आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । उनले विश्वासको मत पाउने सम्भावना नदेखेपछि राजीनामा दिएका हुन् ।

जम्मा ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ४१ सांसद छन् । सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ । नेकपा एमाले सचिव तथा प्रदेश न. १ का संसदीय दलका नेता समेत रहेका आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन् ।

५० सांसद रहेको विपक्षी गठबन्धन कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपाले गठबन्धनमा रहेका नेकपा (एस)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ । यसरी नै गठबन्धनको आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

सम्बन्धित खवर