पालाम ‘निङ्वा इगेक’ को म्युजिक भिडियो छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पालाम ‘निङ्वा इगेक’ को म्युजिक भिडियो छायाँकन सम्पन्न

काठमाडौ । लिम्बु भाषाको पालाम सम्लो ‘निङ्वा इगेक’ को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न गरिएको छ ।

सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेका छन ।

निरन्ता नेम्बाङको शब्द संकलनमा सुमन लिम्बू र निरन्ता नेम्बाङको आवाजमा सजिएको पालाम भिडियोमा सञ्जु थलङको शृङ्गार रहेको छ भने इशाक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।

पालाममा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना लिम्बू इङ्नाम, निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङनाम, प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम, दिल कुमार इङ्नाम, जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्नाम, कुलबहादुर इङ्नाम, श्यामबहादुर इङ्नाम र आयुस इङ्नामले अभिनय गरेका छन ।

उक्त पालाम केहिदिन भित्रै सेवालुङ युटुब चानलबाट सार्वजनिक गरिने निर्देशक चेम्जोङ्ले बताए ।

सम्बन्धित खवर