राजेन्द्र राईद्वारा प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेन्द्र राईद्वारा प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस

विराटनगर । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको जनाएको छ ।

राईलाई मुख्यमन्त्रीमा प्रदेश प्रमुखले मंगलवार नै शपथग्रहण गराउने भएका छन् ।

सम्बन्धित खवर