सागर केरुङको निर्देशनमा ‘हुक्फोलोफोलो’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको निर्देशनमा ‘हुक्फोलोफोलो’ को छायाँकन सम्पन्न

पान्थर । कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायाँकन मंगलबार सम्पन्न भएको छ ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायाँकन गरिएएको गीतलाई याक्थुङ फिल्म्सले निर्माण गरेका हुन ।

सागर केरुङको शब्द तथा प्रेम पन्धाकको संगीतमा डिआर हाङ्सरुम्बाको आवाजमा सजिएको गीतको भिडियामो छायाँकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

याक्थुङ फिल्मस युटुब च्याानलमा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ, बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, भक्त खबास, रुकमान केरुङ, बर्षा खबास, दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन ।

उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बममार्फत डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।

सम्बन्धित खवर