‘नुरिकाङ वयो’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘नुरिकाङ वयो’ को छायाँकन सम्पन्न

पान्थर । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहिवार सम्पन्न गरिएको छ ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायाँकन भएको गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन ।

ओपेरा इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा निर्माण गरिएको गीतमा शब्द, संगीत तथा स्वर मोनि ताम्लिङको रहेको छ भने छायाँकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

ओपेरा इन्टरटेन्मेन्ट युटुब चानलमार्फतरा सार्वजनिक हुने भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ र नोगेन हाङ्सरुम्बाको अभिनय रहेको छ ।

सम्बन्धित खवर