हाङ चेम्जोङको निर्देशनमा पालाम ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा पालाम ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ ।

सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिबी लिम्बूको छायाँकन तथा सम्पादनमा सञ्जु थलङको श्रृङगार रहेको भिडियोमा पर्शु थलङको ड्रोन रहेको छ ।

काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायाँकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङहाङ लगायतले अभिनय गरेका छन ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर