चर्चित गीत ‘साउने भेल’ सन्जुको आवाजमा फिमेल भर्जन सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चर्चित गीत ‘साउने भेल’ सन्जुको आवाजमा फिमेल भर्जन सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । अमेरिकामा रहेर नेपाली तथा लिम्बू गीत संगीतलाई माया गर्ने गायीका सन्जु लिम्बूको सुमधुर आवाजमा बहुचर्चित गीत ‘साउने भेल’ को फिमेल भर्जन सार्वजनिक गरिएको छ ।

हेमन तामाङको निर्देशन, छायाँकन तथा सम्पादन र कलरिङमा गोमा लिम्बू योङहाङको अभिनय रहेको ‘साउने भेल’ फिमेल भर्जन भिडियो हाम्रो संगीत युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चर्चित गायक जीतेन राईको शव्द तथा संगीतमा सजिएको यस ग्तिको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ मनि ताम्लीङले गरेका हुन् भने ओपेरा डिजिटल स्टुडियो नेपाल र साधना रेकर्डिङ स्टुडियो अमेरिकामा रेर्कड गरिएको हो ।

सन्जु लिम्बूको निर्माणमा बनेको भिडियोमा सुमन तामाङको ड्रोन, सन्ध्या पुनको मेकअप, राजेश साहको पहिरन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर