चलचित्र ‘थिम’ को गीत ‘छुइ छुइ हा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘थिम’ को गीत ‘छुइ छुइ हा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘थिम’ को ‘छुइ छुइ हा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको छ ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेका छन् ।

सागर केरुङको लेखनमा निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक तथा नृत्यु निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी सह–निर्माताहरूमा नन्दुभाई मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् ।

चलचित्रको छायाँकन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङको रहेको छ भने नृत्य बरदान संगीतालयको रहेको छ । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी ब्यवस्थापन सुबास केरुङ नुनामले गरेका छन् ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=-crWDlLUO4w

सम्बन्धित खवर