सागर केरुङको निर्देशनमा ‘छेक्यो मायालु’ को छायँंकन सम्पन्न - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको निर्देशनमा ‘छेक्यो मायालु’ को छायँंकन सम्पन्न

फेदेन । सागर केरुङको निर्देशनमा ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहिवार छायाँकन सम्पन्न भएको छ ।

सुरेश अधिकारीको शब्द÷संगीत र तारा लावतिको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाइँमा छायांकन गरिएको हो ।

माता पाथीभरा फिल्म्स प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्माता किशोर सुब्बा, छायांकन सञ्जय आचार्य, शृङ्गार अमृता, जबेगु, प्रकाश संयोजन निस्चल आचार्य, ड्रोन अपरेटर फुङ्सो जबेगु, नृत्य निर्देशक निङ्वा नेम्बाङ, कलाकारहरु मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन ।

बिक्रम सम्बत २०५४ सालमा लिम्बू चलचित्र ‘आनि साक्थिम’ बा शिशु बाल कलाहरुको रुपमा खेलाएको कलाकारलाई नै फेरि मोडलको रुपमा राख्न पाउँदा खुसी लागेको आनि साक्थिमका लेखक निर्देशक किशोर सुब्बाले बताए ।

सम्बन्धित खवर