पुरानो निर्णयहरु नयाँ सरकारले पुनरावलोकन गर्छ : मन्त्री यादव - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुरानो निर्णयहरु नयाँ सरकारले पुनरावलोकन गर्छ : मन्त्री यादव

दमक । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले भीम आचार्य नेतृत्वको सरकारका पालामा भएका नियुक्ति र निर्णयहरु पुनरावलोकन गरिने बताएका छन् ।

बिहीबार झापाको दमकमा स बाँड्ने काम भएको भन्दै गठबन्धन सरकार बनेसँगै अब ती सबैमा पुनरावलोकन गरिने बताए ।

अघिल्लो सरकारका निर्णय र राजनीतिक नियुक्तिलगायत विषयहरु पूनरावलोकन गर्ने सैद्धान्तिक निर्णय नयाँ मन्त्रिपरिषद्ले गरिसकेको मन्त्री यादवको भनाइ थियो । यादवले भने –‘जे जस्ता नियुक्तिहरु भएका छन्, तिनको पुनरावलोकन गरिनेछ । असंवैधानिक नियुक्तिहरु बदर हुनेछन् ।’

समयावधि धेरै नरहे पनि आफूले प्रदेशका जनताको हितमा काम गर्ने र जनभावनाको सम्मान गर्ने यादवको भनाइ थियो । उनले सङ्घीयतालाई कार्यान्वयन गर्ने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

जसपा निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरुको अगुवाईमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङलगायत प्रदेशका नेता सहभागी थिए ।

विद्यार्थी नेता सुनिल राईले स्वागत गरेको कार्यक्रममा युवा र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो ।

 

सम्बन्धित खवर