तामाङ पत्रकार संघ मोरङको अध्यक्षमा अनुप चयन - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तामाङ पत्रकार संघ मोरङको अध्यक्षमा अनुप चयन

दमक । अनुप योञ्जन तामाङ तामाङ पत्रकार संघ मोरङको अध्यक्षमा चयन भएका छन् ।

शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अनुप नेतृत्वको ९ सदस्यीय समिति निर्वाचित भएका हुन् ।

समितिका सचिव र कोषाध्यक्षमा राजकुमारी तामाङ र उज्वल बल तामाङ छन् भने सदस्यहरुमा क्रमशः सन्तोष तामाङ, भावना तामाङ, सुस्मिता तामाङ, मनिषा तामाङ, सञ्जय तामाङ र अलिसा तामाङ निर्वाचित भएका हुन् ।

त्यस्तै अधिवेशनले दिलबहादुर पाख्रिनको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको हो । सदस्यहरुमा क्रमशः प्रेमकुमार तामाङ, लाखमान योञ्जन तामाङ, राजकुमार लामा र लक्ष्मण तामाङ छन् ।

मोरङको पथरीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट समिति निर्वाचित गरिएको तामाङ पत्रकार संघका प्रदेश नम्बर १ अध्यक्ष शन्तवीर लामाले जानकारी दिए ।

 

सम्बन्धित खवर