बुद्धराज लिम्बूको निर्देशनमा ‘चिताङ्सिर’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुद्धराज लिम्बूको निर्देशनमा ‘चिताङ्सिर’ को छायाँकन सम्पन्न

पान्थर । बुद्धराज लिम्बूको निर्देशनमा लिम्बू भाषाको गीत ‘चिताङ्सिर’ को म्युजिक भिडियो शनिबार छायाँकन सम्पन्न भएको छ ।

सागर केरुङको शब्द तथा संगीत रहेको गीतलाई पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको हो ।

चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सुक्मिता केरुङ, सागर केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन ।

विशाल केरुङ र गंगा फियाकको आवाजमा सजिएको गीतको छायाँकन सञ्जय आचार्य, ड्रोन फुङ्सो चबेगुले गरेका छन् भने कोरियोग्राफी निङ्वा नेम्बाङले गरेका हुन् ।

यस्तै सृङ्गार अमृता चबेगु, संगीत संयोजन मोनि ताम्लिङ र प्रकाश संयोजन निश्चल आचार्यले गरेका छन ।

यस गीतको भिडियोलाई याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिने निर्देशक लिम्बूले बताए ।

सम्बन्धित खवर