हाङको निर्देशनमा पाःलाम ‘निङ्वासुम भाग–५’ को छायाँकन सम्पन्न - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा पाःलाम ‘निङ्वासुम भाग–५’ को छायाँकन सम्पन्न

माङसेबुङ । हाङ चेम्जोङको निर्देशनमा रीता फोम्भो ठूलीको शब्द तथा लय रहेको पालाम ‘निङ्वासुम भाग–५’ को छायाँकन सम्पन्न गरिएको छ ।

मनु नेम्बाङ, सुमन लिम्बु र जीवन केदेमको आवाजमा सजिएको पालाम ‘निङ्वासुम भाग–५’ को भिडियो रीता फोम्भो ठूलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिने भएको छ ।

तेह्रथुमको विभिन्न पर्यटकीय तथा रमणीय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा रीता फोम्भो ठूली, पुष्पाञ्जली तिल्लिङ, सुमन लिम्बु, जीवन केदेम, तुलसी कन्दङ्वा, गंगा कन्दङ्वा, धनकुमार कन्दङ्वा, गीता कन्दङ्वा, लक्ष्मी कन्दङ्वा, संगीता कन्दङ्वा, बालकुमार कन्दङ्वा, हर्क बहादुर कन्दङ्वा, लिला कन्दङ्वा, चन्द्रकुमार कन्दङ्वा, मनकुमार कन्दङ्वा लगायतले अभिनय गरेका छन् ।

देवराज सिग्देलको छायाँकनमा, सोम मगरातीको मेकअप, नगिन धिमालको ड्रोन तथा ओजाहाङ चेम्जोङ लिम्बुको यातायात रहेको छ ।

सम्बन्धित खवर