एकान्त र सीताको ‘हिल्लिक हिल्लिक’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्त र सीताको ‘हिल्लिक हिल्लिक’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । निर्देशक सागर केरुङ लिम्बूको निर्देशनमा लोकप्रिय गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बू र गायीका सीता तुम्रोक लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हिल्लिक हिल्लिक’ सार्वजनिक गरिएको छ ।

गीतकार आन्छुमे नसानको शव्दभावहरुमा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको ‘हिल्लिक हिल्लिक’ गायीका सीता लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थरको रमणिय तथा पर्यटकिय स्थल साधुटार र लब्रेकुटीमा छायाँकन गरिएको प्रेमिल तथा रोमान्टिक डान्सिङ गीतको भिडियोमा सागर केरुङ, जेपी नेम्बाङ, निसाम तुम्बापो र सीता तुम्रोकको अभिनय रहेको छ ।

निङवा नेम्बाङको कोरियोग्रफीमा अमृता लिम्बूको मेकअप, सञ्जय आचार्यको छायाँकन तथा सम्पादन रहेको भिडियोमा बुद्ध खाम्बेक्सा लिम्बूको सहयोगी निर्देशन रहेको छ भने निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङ् समेतले अभिनय गरेका छन ।

देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मुस्कान मुकारुङ राईले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर