लिम्बुवानबाट प्रदेश १ सरकारको राजनैतिक संयन्त्र कार्यदलमा महासचिव चेम्जोङ् - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवानबाट प्रदेश १ सरकारको राजनैतिक संयन्त्र कार्यदलमा महासचिव चेम्जोङ्


विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको तर्फबाट महासचिव अशोक चेम्जोङ् प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलको सदस्य बनेका छन् ।

प्रदेश १ को पाँचदलीय गठबन्धनले सरकार संचालनमा सहजता होस् भन्नका लागि कार्यदल बनाएको हो । यसैगरी कार्यदलमा नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट सांसद रामचन्द्र तुम्बा रहेका छन् ।

प्रदेश १ मा सत्तारुढ पाँच दलीय गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेपछि उक्त कार्यदल बनाइएको महासचिव चेम्जोङ्ले बताए । संघमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनेको केही दिनपछि १ नम्बर प्रदेशमा पनि नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

सम्बन्धित खवर