मुख्यमन्त्री राईले पाए विश्वासको मत - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्यमन्त्री राईले पाए विश्वासको मत


विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् ।

९२ सदस्यीय प्रदेश सभामा राईले ५० मत पाए भने उनको विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । बुधबारको बैठकमा एमालेका ४१ मध्ये १३ सभा सदस्य अनुपस्थित थिए ।

एमालेका प्रदेश सभा सदस्य बाहेक सत्ता गठबन्धन दलका सदस्यहरुले राईको पक्षमा मतदान गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

सम्बन्धित खवर