विपीन योङया लिम्बुवान मञ्च इलामको अध्यक्षमा निर्वाचित - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विपीन योङया लिम्बुवान मञ्च इलामको अध्यक्षमा निर्वाचित


इलाम । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति इलामको तेस्रो अधिवेशनले विपीन योङयाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

इलामको गौतमबुद्ध सभाहलमा मञ्चका प्रान्तीय उपाध्यक्ष डुपछिरीङ काजीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न अधिवेशनले योङयाको अध्यक्षतमा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

निर्वाचित कार्य समितिको उपाध्यक्षमा फूलकुमार सेर्मा, विरेन सम्बाहाम्फे, सनबहादुर योङहाङ, पूर्ण फत्र निर्वाचित भएका छन् ।

त्यसैगरी समितिको सचिवहरुमा अम्बिका योङहाङ, जित कुमार मुखिया र राजन लिम्बु निर्वाचित भएका छन् भने अर्थसचिवमा सम्झना लावती पनुः निर्वाचित भएकी छन् ।

यस्तै सचिवालय सदस्यहरुमा सीता लावती, विर बहादुर सेर्मा, प्रेमसिं थेगिम, दुर्गा देगिम, प्रसान्त राई, टंक बहादुर नुगो, सुस्मा फागो निर्वाचित भएका छन् ।

यसरी नै जिल्ला कार्य समिति सदस्यहरुमा टिकानाथ भट्टराई, धनराज योङहाङ, दुर्गासिं योङया, सन्त कुमार राई, लाल बहादुर चाम्लिङ, केहेर सिं लावती, रमेश फत्र, सन्तोष इवा, शिव केरुङ, सन्जीव मगर, विरेन थेवे, अमित चेम्जोङ, बालछिरिङ लेप्चा, फाल्गुनन्द योङहाङ र विष्णु कुरुम्फङ निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष काजीले नवनिर्वाचित समितिलाई विधान अनुसार सफत गराउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् । यसैगरी मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिव दिलकुमार लावती, संघीय सचिवालय सदस्य हेम बहादुर लिम्बु, सुख बहादुर थेगिम, प्रान्तीय सदस्यहरु सन्तोष तुम्बापो, कुमार तुम्बापो, गोविन्द योङहाङ, राम नुगो लगायत नेताज्यूहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका छन् ।

इलाम जिल्ला अध्यक्ष दिपक योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष विरेन सम्बाहाम्फेको स्वागत मन्तव्य र जिल्ला सचिव अम्बिका योङहाङले संचालन गरेका छन् ।

कार्यक्रममा जिल्लाको सबै पालिकाहरुबाट दुईसय प्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रतिनिधिमूलक उपस्थिति रहेको अधिवेशनमा लिम्बु जातीहरुको केलाङ र सांगीतिक कोशेली समेत पस्केका थिए ।

सम्बन्धित खवर